ग्रान्डीले पनि भन्यो, ‘ नयाँ भर्ना लिन सक्दैनौं

प्रकाशित मिति:

काठमाडौं- काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले बुधवार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।

सूचनामा दैनिक १ सय सिलिन्डर अक्सिजनमात्र पाइने तर त्यसले प्रयाप्तमात्रामा बिरामी भर्ना गर्न नसिकने जानकारी दिएको छ ।सूचनामा भनिएको छ, ‘कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौं’ ।