पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।
बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।