नेकपा एमालेका नेताहरु माथिको निलम्बन कारबाही फुकुवा

प्रकाशित मिति:

काठमाडौं, ३० बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। बालुवाटारमा भर्खरै सम्पन्न बैठकले यसअघि ६ महिनाका लागि निलम्बन गरिएका नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारबाही फुकुवा गरेको छ ।

त्यस्तै, नेपाल पक्षसँग वार्ता तथा सहमति गर्ने अधिकार पनि आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको बेलामा अध्यक्ष ओलीले चार नेताहरुमाथिको यसअघिको निलम्बन कारबाही फुकुवा गरेर थप वार्ता तथा सहमतिको ढोका खोलेका छन् ।