राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा रोकौं – योगेश भट्टराई

प्रकाशित मिति:

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता योगेश भट्टराईले कोभिडविरुद्धको लडाइँमा खटेकाहरुबाहेक राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न सरकारलाई सुझाव दिएका छन् ।कोरोना संक्रमित बिरामीका लागि न्युनतम अक्सिजन र बेड पनि दिन नसक्दा लाज लागेको भन्दै उनले सबैको एकमात्र मिसन कोभिड–१९ लाई बनाउनुपर्नेसमेत बताएका छन् ।

सामाजिक सन्जालमा चार बुँदामा आफ्ना सुझाव राख्दै भट्टराईले भनेका छन्, ‘बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौं । यस्तो संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ । कोरोनाविरुद्धको लडाइँमा आर्थिक अभाव हुन नदिन अन्य शीर्षकका बजेट पनि कोभिडमै केन्द्रित गर्नुपर्ने, छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्नुपर्ने, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्ने सुझावसमेत भट्टराईले दिएका छन् ।