नेपाल पक्षले भन्यो- ‘जेठ २ मा फर्किए सहमति, नत्र सामूहिक राजीनामा’

प्रकाशित मिति:

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठकले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ को अवस्थामा फर्किए सहमति हुने बताएका छन् । भर्चुअल माध्यमबाट भएको बैठकले सो एजेन्डासँग सहमति नभए सामूहिक राजीनामा दिने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

‘हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो। हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो। सो विषयमा सहमति हामी सामूहिक राजीनामा दिन्छौँ ।’ ती नेताले भने ।

यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

यसैबीच ओली र नेपालबीच भेटवार्ता तय भएको छ ।