ओली र नेपालबीच निर्णायक भेटवार्ता हुँदै

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ ।  बिहिबार ओली र नेपालबीच टेलिफोन वार्ता भएको थियो । फोनमा ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका थिए । भर्खरै दुई नेताबीच भेटवार्ता हुने सहमति भएको स्रोतले बतायो । यद्यपी, ठाउँ र समय यकिन भैसकेको छैन ।

वार्ता सम्भव भएसम्म आजै हुने स्रोतको दाबी छ । दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुनेछ।