देउवाले बोलाए पदाधिकारी बैठक

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेलगत्तै देउवाले बिहिबार दिउँसो आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ। त्यसअघि सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ ।