रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरु जेठ १ गतेदेखी बन्द !

प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७८,

बुटवल । रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिकाहरु जेठ १ गतेदेखी बन्द हुने भएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले कोभिड १९ को महामारीले दिन प्रतिदित चुनौती थपिदै गएकाले केहि समयका लागि रुपन्देहीबाट प्रकाशनमा रहेका सबै पत्रपत्रिकाहरु जेठ १ गतेदेखी बन्द गर्ने निर्णय भएको बताए ।

विज्ञप्तीमा भनिएको छ, ‘निषेधाज्ञाबाट हामीसँग आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिदै गएको छ । यसले गर्दा प्रकाशन तथा प्रसारण समाज नचाहदा नचाहदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सुचना दिन वाध्य भएको छ ।यसबाट पुग्न गएको असरप्रति हामी क्षमा चाहन्छौं र कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्दता जनाउन चाहन्छौं ।’

praksan samaj.jpg