वर्दघाट नगरपालिकाद्रारा हाइफ्लो अक्सिजन सहितको आईसोलेसन सञ्चालनमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने

बैशाख ३०
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमित बिरामीको चाप बढी रहेका बेला संक्रमितको उपचारका लागि हाइफ्लो अक्सिजन सहितको सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित बिरामीहरु दिन प्रतिदिन बढ्न थालेपछि नगरपालिकाले हाइफ्लो अक्सिजन सहितको २० शैयाको आईसोलेसन सञ्चालनमा ल्याएको हो ।

बर्दघाट नगरपालिकाले गतवर्ष निर्माण गरेको आईसोलेसनमा हाल मेडिकल अधिककृत सहीत ८ जना स्वास्थ्यकर्मी कार्यरत रहेको मेयर धिरज शर्मा बताउनुभयो । उहाका अनुसार नगरपालिकाले निःशुल्क रुपमा एक्बुलेन्स सेवा संचालन गर्दै आइरहेको छ । बर्दघाट नगरका २ वटा एम्बुलेन्सले बुटवल देखी नारायणगढसम्म निशुल्क सेवा प्रदान गरिहेको छ ।

बर्दघाट नगरपालिकामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा पनि १२ शैयाको अक्सिजन सहितको आईसोलेसन सञ्चालमा ल्याउने तिब्र तयारी भैरहेको मेयर शर्माले बताउनु भयो । उहाँ भन्नू हुन्छ- “हामिले तयारी पूरा गरिसकेका छौ तर अहिले अक्सिजनको अभावका कारण संचालनमा ल्याउन समस्या भएको छ ।”
अक्सिजन सहितको आईसोलेसन सञ्चालन गर्न अक्सिजन अभावले समस्या सिर्जना भएको हुँदा प्रदेश र संघीय सरकारसँग आईसोलेसन संचालन गर्न अक्सिजनको व्यवस्था मिलाइदिन आग्रह गर्ने बस्यालले बताउनुभयो ।