नेपालमा थप ८९६० जनामा कोरोना संक्रमण, ५०५५ डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । कुल मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

यस्तै, नेपालमा गत २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५ हजार ५५ जनाले कोरोना जितेका छन् । यससँगै कुल संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।