स्वास्थ्य मन्त्रीको गृह जिल्लामा पहिलो पटक  पिसिआर परिक्षण मेसिन 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
बैशाख ३० गते 
नवलपरासी  । स्वस्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रीपाठिको पहलमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा जिल्लामा नै पहिले पटक  पिसिआर परिक्षण गर्ने मेसिन आएको छ । संघिय सरकारका स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयबाट एक थान पिसिआर चेक गर्ने मेसिन पृथ्वी चन्द्र जिल्ला  अस्पतालको नाममा पठाएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले  जानकारी दिनुभयो । उहाका अनुसार पिसिआर चेक गर्ने मेसिन आएको छ अब हामी उक्त मेसिनको व्यवस्थापको काममा लाग्ने छौ ।”
   व्यवस्थापनका लागि  दक्ष जनशक्ति र उपयुक्त स्थान छनौटमा अस्पताल लागिरहेको चौधरीले जानकारी दिनु भयो ।
पश्चिम नवलपरासीमा पिसिआर मेसिन नहुदा कोरोना परिक्षणका लागि मात्रै बुटवल, भैरहवा र नारायणगढ धाउनुपर्ने बाध्यता रहेको छ ।  अहिले अस्पतालहरुमा कोरोना परिक्षण गराउनेको चाप बढेकोले  रिपोर्ट आउन समेत ढिलाई भएको छ । स्वस्थ्य  मन्त्री ज्युको गृह जिल्ला पश्चिम नवलपरासी भएकाले  सदरमुकाममा एउटा मेसिनको आवश्यकता देखेर अस्पतालका लागि पठाएको स्वतन्त्र राजनैतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डेले बताउनुभयो ।