आङं साङ सुकी नेपाल आउने, केपी ओलीलाई भेटने

प्रकाशित मिति:

काठमाडौं १० मंसिर – म्यानमारकी स्टेट काउन्सिलर आङं साङ सुकी यसैसाता नेपाल आउने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् ।

परराष्ट्रमन्त्रालयका अनुसार सुकी यही मंसिर १३ गते नेपाल आउने तय भएको छ । उनले १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यसूचि तय भएको परराष्ट्रले जनाएको छ । सुकी यही १४ गतेदेखि काठमाण्डुमा हुन लागेको एसिया प्रशान्त सम्मेलन–२०१८मा पनि सहभागी हुने जनाइएको छ ।