सपथ लिँदै गर्दा प्रधानमन्त्रीले नै राष्ट्रपतिलाई सिकाएपछि…

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। सपथ ग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् । ‘………….. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् ।

राष्ट्रपतिले दोस्रो पटक भन्दा सो शब्द उच्चारण गरे पनि ओलीले उच्चारण गरेनन् । बरु, उनले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई सिकाउन खोजे । प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया पछि राष्ट्रपतिले केही असहज महसुस गरेको देखिन्छ । त्यसपछि अरु सामान्य तरिकाले ओलीले सपथ खाए ।