आफ्नै ठाउँमा पर्यटन मन्त्रीलाई कालो झण्डा !

१० मंसिर २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
10 Shares


१० मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । उनलाई कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको रानाले अनलाइनखबरलाई बताए ।

नयाँ शक्तिका एक नेताका अनुसार वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नसर्ने रोगकै कारण जान्छ ६६ प्रतिशत नेपालीको ज्यान
  • सिरहाको कमला नदिमा हत्या गरी फरार प्रतिबादी पक्राउ
  • सिता माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न
  • ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग
  • बुटवल बहुमुखी क्याम्पसमा रक्तदान सम्पन्न
  • बलियो कानून नहुँदा उपभोत्ताको हित संरक्षण हुन नसकेको बक्ताहरुको भनाई
  • पुर्वअर्थमन्त्री पौडेलद्वारा विभिन्न आयोजनाको निरीक्षण
  • लियो क्लव अफ बुटवलको ३४ औं चार्टरनाईट कार्यक्रम सम्पन्न
  • अन्तर मण्डली ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
  • मानव बेचबिखन विकृति विसंगति बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न