नेपालमा एकैदिन ८५२० जनामा संक्रमण पुष्टि, २०३ को मृत्यु

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०९४८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल सक्रतिमको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । आज कोरोनाबाट थप २०३ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।