रुपन्देहीमा एकैदिन थपिए ५१४ कोरोना संक्रमित, ९ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप ५१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर परीक्षण गर्दा ५ सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकाका रहेका छन् । तिलोत्तमा १६५ जना संक्रमित थपिएका हुन । त्यस्तै बुटवल उपमहानगरपालिकामा १ सय ५४, सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना, सैनामैना नगरपालिकामा ३० जना, ओमसतिया गाउँपालिकामा १० जना, कन्चन गाउँपालिकामा १६ जना, मायादेवी गाउँपालिकामा ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा ६ जना, कोटहीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

रुपन्देहीमा रुपन्देहीमा कोरोना संक्रमितको संख्या २१ हजार ५३९ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४०८ जना पुगेको छ ।

यस्तै, रुपन्देहीमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

data covid rupandehi.jpg