जन्मदिनमा अस्पतालबाटै मदनकृष्णको सन्देश : यो ‘कुलङ्गार’ कोरोनालाई जित्नुपर्छ

प्रकाशित मिति:

काठमाडौं- जन्मदिनमा कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई जित्नुपर्छ भन्ने प्रेरणात्मक सन्देश दिएका छन्। उनले आज मेडिसिटी अस्पतालमा आफ्नो जन्मदिन मनाएका हुन्।उनको जन्मदिन मनाउन छोरी सरानासहित परिवारका केही सदस्य अस्पताल पुगेका थिए। छोरी सरानाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै श्रेष्ठको स्वस्थ्यमा सुधार आएको र जन्मदिन मनाएको भिडियो सार्वजनिक गरेकी छन्।

जुन भिडियोमा मदनकृष्णले भनेका छन्, ‘वर्षमा म तीन पटक जन्मदिन मनाउँछु। पासपोर्ट, जन्म मितिमा फरक(फरक जन्मदिन भएपनि म मुख्य जन्मदिन भने यो अक्षय तृतीयामै मनाउँछु।’साथै यो शुभ दिनमा आफूलाई पनि कोरोना ठिक हुन्छ भन्ने विश्वास रहेको उनले सुनाए।

भन्छन्, ‘आजदेखि यो कुलङ्गार कोरोना मयो। देशमा शान्ति होस्। कोरोनाले असाध्यै रुवायो मान्छेलाई। कोरोनालाई जित्नुपर्छ। धेरैले जिति पनि रहेका छन्। चाडै पृथ्वीलाई कोरोनाबाट मुक्त भएको सुन्न पाइयोस्। उनलाई बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।