कञ्चनमा ट्राफिक जांचमा रहेका प्रहरीलाई ठक्कर दिएर फरार ट्रकहरु प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति:

३१ बैसाख,कञ्चन- गत बैसाख ३० गते राती ट्राफिक चेकिंगमा खटिएका प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई घटना स्थलमै मृत बनाई फरार भएका तीन वटा ट्रक प्रहरीकले नियन्त्रणमा लिएको छ। माल वाहक गाडीहरुको चेक जांच गर्ने क्रममा ट्राफिक चेकिंगमा रहेका इलाका प्रहरी कार्यलय,रुद्रपुरमा कार्यरत प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई अपरिचत गाडीले ठक्कर दिई फरार भएका माल वाहक ट्रक मध्ये दुई वटा ट्रकलाई दांग जिल्लाबाट र एउटालाई सल्यान जिल्लाबाट प्रहरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।

बैसाख ३० गते राती २ बजेको समयमा लुम्बिनी फायरलाइन सडक भएर आवत जावत गरेका सवारी तथा माल वाहक साधनहरुको कञ्चनका मुख्य स्थानहरुमा राखिएका सि सि टि भीमा जडान क्यामेराले लिएका फुटेजहरुको सहयतामा गरिएको अनुसन्धानबाट ती फरार भएका गाडीहरुको पहिचान भई प्रहरीको नियन्त्रण्मा लिइएको इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिनु भएको छ ।

नियन्त्रणमा लिइएका ती ट्रकहरुको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय,बुटवलले जनाएको छ। घटना भएको दिन बैसाख ३० गते राती लुम्बिनी फायरलाइन सडक खण्ड भएर आवत जावत गरेका सवारी साधन तथा माm वाहक गाडीहरुको सि सि टि भी क्यामेराले लिएका फुटेज र कल रेकर्डको आधारमा घटना गराई फरार भएका माल वाहक गाडीहरुको पहिचान भई नियन्त्रणमा लिइएको र नियन्त्रणमा लिइएको गाडीहरुको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय,बुटवलले जानकारी दिएको छ।