बिपिन नेपाल- नेपाली चलचित्रका सफल नायक पल शाह र मेरु राईको अभिनयमा ‘मायालाई शब्दबाट…’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
देवजङ्ग थापाको निर्देशन रहेको म्युजिक भिडियो बायर्न स्टुडियो नेपालको युट्युबबाट सार्वजनिक भएको हो।
उक्त गीतलाई नेपाली चलचित्रमा आवाज भरिसकेकी गायिका दीपा लामाको आवाज रहेको छ। युवा संगीतकार प्रकाश लामाको सङ्गीत र फणीन्द्र राईको एरेन्जमेन्ट रहेको यस गीतका रचनाकार विपिन मर्म हुन्।