युथ कांग्रेस नेपालद्धारा ‘कोभिड केयर नेपाल’ एप्लिकेसन सार्वजनिक

प्रकाशित मिति:

बुटवल । युथ कांग्रेस नेपालले ‘कोभिड केयर नेपाल’ एप्लिकेसन सार्वजनिक गरेको छ । उक्त एप्लिकेसनबाट कोभिड हस्पिटल, एम्बुलेन्स, आइसोलेसन केन्द्रहरू र डाक्टर परामर्श साथै कोभिडका बिरामीका लागि आवश्यक पर्ने कोभिड हस्पिटल र आफूलाई पाय पर्ने हस्पिटल यो एप्लिकेसनमार्फत पत्ता लगाउन सकिने छ ।

यस्तै, देशभरका एम्बुलेन्स र चालकका सम्पर्क नम्बर एप्लिकेसनमा राखिएको छ । होम आइसोलेसनमा बसेका बिरामीले एप्लिकेसनमार्फत चिकित्सकसँग कोरोनाको उपचारसम्बन्धी परामर्श लिन सक्नेछन् ।