शुक्रबार राति भएको खेलबाट सिटीको पुनरागमन जित

प्रकाशित मिति:

म्यानचेस्टर सिटीले जारी लिगमा संघर्षपूर्ण जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा सिटीले पुनरागमन जित निकालेको हो । न्यूक्यासल युनाइटेडले दुई पटक पछि पारेको अवस्था उल्ट्याउँदै सिटीले ४-३ को जित हात पार्‍यो । घरेलु टोली न्यूक्यासलका लागि एमिल क्राफ्थ, जोलिन्टन र विलकले गोल गरे । सिटीका लागि क्यानसेलोले एक गोल गर्दा फेरान टोरेसले ह्याट्रिक गरे । जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । न्यूक्यासल ३६ खेलबाट ३९ अंकसहित १६औँ स्थानमा छ ।