इमरजेन्सी रेसपोन्स नेपालले सीमा नाकामा स्वास्थ्य सामग्री तथा खानेकुरा बांढ्दै

प्रकाशित मिति:

ग्लोबल हयुमनिटेरियन एड (जीएचए) अन्तर्गत कोभिड–१९ इमरजेन्सी रेसपोन्स नेपालले सीमा नाकामा स्वास्थ्य सामग्री तथा खानेकुरा बाड्दै आइरहेको छ । जीएचएले भारतबाट फर्कने नेपाली तथा बेलहिया नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाइजर, साबुन,पानी, बिस्कुट, चाउचाउ, जुस, जीवनजल, सिटामोल लगायतका सामग्री वितरण गर्दै आएको कार्यक्रम संयोजक डा। सरु भट्टराईले बताइन् । कोरोना भाइरसको संक्रमणले बढ्दै गएको अवस्थामा सीमा क्षेत्रमा आउने नेपालीलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।

बेलहिया नाकामा कोडि रेस्पोन्स हेल्प डेस्कमार्फत वैशाख २५ गतेदेखि स्वास्थ्य सामग्री तथा खानेकुरा वितरण गर्न सुरु गरिएको जीएचएका स्वयंसेवक अनुप भट्टराईले जानकारी दिए । ‘ग्लोबल हयुमनिटेरियन एड ९जीएचए० क्यानाडाबाट प्राप्त हुने कोषबाट सामान किनेर वितरण गर्दै आएका छौं, ’उनले भने । स्वदेश फर्केका नेपालीलाई गन्तव्यसम्म जाँदा भोक मेटाउन खानेकुरा तथा यात्राका क्रममा विरामी भएको अवस्थामा प्राथमिक उपचारको लागि औषधी वितरण गरिएको उनले बताए । भारतबाट नेपाल फर्कने ५० देखि १ सय जना नेपालीलाई स्वास्थ्य सामग्री तथा खानेकुरा वितरण गर्दै आएको जीएचएका बोर्ड अफ डाइरेक्टर कमल सुवेदीले बताए । यो अभियानमा कार्यक्रम संयोजक डा। सरु भट्टराई, स्वयंसेवक अनुप भट्टराई, अञ्जु भट्टराई र अनुपा पाण्डे छन् ।