अन्जन चौलागाँई महासचिवका शसक्त दावेदार

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका । एनआरएन अभियानमा ७ बर्षदेखि प्रत्यक्ष अप्रत्यक्ष लागिपर्दै आएका त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत, आंगिक क्याम्पसका पुर्व प्राध्यापक अन्जन कुमार चौलागाँईले एनआरएन अमेरिकाको आगामी २०२१-२०२३ कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिएका छन् । युवा जोश, सोच र योजनासहित महासचिवमा होमिएका अन्जन बौद्धिकताको तहमा उच्च र नेतृत्वपंक्तिमा बोल्ड मानिन्छन् । एनआरएन अभियान र यो महाअभियानमा जोडिएको सामाजिक पाटालाई अत्यन्त नजिकबाट प्रत्याभुत गरेका अन्जनले महासचिव निर्वाचित भएर संस्थालाई संस्थागत रुपमा गतिशील बनाउने र चुस्त कार्यसम्पादमार्फत आम अमेरिकाबासीलाई एनआरएन हाम्रै लागि हो है भन्ने वाताबरण बनाउन बुँदागत कार्ययोजना नै बनाइसकेका छन् ।त्यसो त अमेरिकाको बिभिन्न राज्यमा हुने चुनावी अभियानमा महासचिवका उम्मेदवार अन्जनले बोलेको र प्रतिवद्धता गरेको योजना सबैले सुनेर होला अहिले महासचिवमा अन्जन चौलागाँई उपर्युक्त पात्र हो भन्ने जनआवाज सुनिन थालेको छ । अझ एनआरएन बृत्तमा अन्जनको लगाव, दृढता र योजना देखेर होला कैयन एनआरएन अभियन्ता तथा संघ संस्थाहरुले इन्डार्स गरिसकेका छन् ।

महासचिवका शसक्त दावेदार : अन्जन चौलागाँई- सन २०११ देखि सपरिवार न्युयोर्क बस्दै आएका उनले त्रिबीबाट एमए र नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् । नेपाल रेडक्रस, बालबालिका सम्वन्धि संस्था सिविन र मानव अधिकार सम्वन्धि संस्था UTHAN मा आवद्ध भएर दिएको योगदानलाई कहिल्यै भुल्न नसक्ने बताए अन्जनले । नेपाल लगायत अन्य जुनसुकै देशमा मानवीय असहजता र गाह्रो साह्रो पर्छ तुरुन्त उद्धार गर्ने, नेपाली कला संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न लागिपर्ने अन्जनले एनआरएनको सामाजिक-आर्थिक बिकासमा ज्ञान, सिप र श्रोत उत्खनन गर्ने काममा उल्लेखनिय योगदान दिइसकेका छन् । प्रवासमा स्थापित धेरै संघ-संस्थासंग सहकार्य गरेर ‘एक नेपालीलाई पर्दा अर्को नेपालीले गर्नुपर्छ’ भन्ने सन्देश प्रवाह गर्दै आइरहेका अन्जन चौलागाँईले एनआरएनहरुबीच एकता र सहकार्य हुनुपर्ने प्रस्ट्याउँदै सरकार निर्माण गर्न, टिकाउन, प्रचुर बिकास गर्न र बहुआयामिक प्रविधिलाई आत्मसाथ गर्दै समुन्नत नेपाल बनाउन सकिने

रुपान्तरणलाई बताए । महासचिवका शसक्त दावेदार : अन्जन चौलागाँई- एनआरएनका सवालमा प्रस्ट बिचार राख्दै महासचिवका उम्मेदवार अन्जन चौलागाँईले भने,-‘स्पष्ट भिजन तथा समस्त अमेरिकाबासी नेपालीलाई मिलाएर राख्नसक्ने र सोही अनुरुपको काम गर्नसक्ने एनआरएन नै मेरो योजना हो ।’ त्यसका लागि म पुर्णत तयार छु । प्रचार-प्रसारका क्रममा पनि सकारात्मक सल्लाह र सहयोगको प्रतिवद्धता पाएको छु । भोलीका दिनमा पनि निरन्तर साथ र सहकार्य गर्ने अठोट गरेका अन्जन चौलागाँईले बिभिन्न राज्यमा पाएको माया, हौसला र प्रेरणाले अझ काम गर्नका लागि आत्मबल मिलेको भन्दै सबै नेपालीहरुलाई अमुल्य मत दिएर सहयोग गर्न अपिल गरेका छन् ।