सिभिल अस्पताललाई कोभिड अस्पताल बनाईयो

प्रकाशित मिति:

काठमाडौं, जेठ १ । बानेश्वरस्थित सिभिल अस्पताल अब कोभिड अस्पताल बनेको छ। सिभिल अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न शुक्रबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच सम्झौता भएको छ।

शुक्रबारबाटै सिलिल अस्पताल १५० बेडको कोभिड अस्पतालका रुपमा रुपान्तरण भएको छ। यसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिने छ।

सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौतामा सञ्चानलका आवश्यक पर्ने आर्थिक भौतिक, जनशक्तिलगायतका सम्पूर्ण व्यवस्था अस्पतालले नै गर्नुपर्ने उल्लेख छ। अस्पतालले उपचार गराइहेका विरामीको अवस्थाका बारेमा प्रत्येक दिन स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु पर्ने छ।