निषेधाज्ञाको पालना गराउन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सडकमा

प्रकाशित मिति:

निषेधाज्ञाको पालना गराउन सिडियो र एस पि सडकमा
प्रकाश न्यौपाने
जेष्ठ १
नवलपरासी । पश्चिम नवलपरासीमा निषेधाज्ञालाई पुर्ण पालना गराउनका लागी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सडकमा निस्केर कडाई गर्नु भएको छ । जिल्ला प्रशासनले आजदेखि लागु हुने गरी जेष्ठ १५ गतेसम्मका लागी निषेधाज्ञालाई थप गरि थप कडाई गरिएको छ ।

निषेधाज्ञाको समयमा पनि स्थानीयले अटेरी गरेको र छोटो दुरिको यात्रा गरिरहेको अवस्थामा निषेधाज्ञालाई कडाइका साथ पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । भने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजयलागयतको सुरक्षा टोली सडकमा निस्केर निगरानी बढाएको हो ।

जिल्लामा संक्रमणको अवस्था दिन प्रतिदिन बढिरहेको अवस्थामा जिल्ला बासीलाई सचेत फैलाउदै निषेधाज्ञामा कडाई गरिएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको बैशाख महिनामा मात्रै ५६ जनाको मृत्यु भएको छ ।