डब्ल्यूएचओले भन्यो- ‘कोरोनाको चर्को सामना गरिरहेको नेपाललाई आपतकालीन सहयोगको खाँचो छ’

प्रकाशित मिति:

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाल कोरोना भाइरसको बढ्दो संक्रमण र उपचारको सामना गरिरहेको जनाएको छ ।  शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनको क्रममा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपालसहित दक्षिण एसियाली मुलुक उपचार र पूर्वाधारको अभावका बीच कोरोनाको चर्को सामना गरिरहेको बताए ।

‘भारत मात्र होइन, नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’ एडहानोमले भने, ‘त्यहाँ आपतकालीन सहयोगको आवश्यकता रहेको छ ।’दक्षिण एसियाली मुलुक कोरोना खोप आपूर्ती गर्न वञ्चित भएको उनले बताए । खोप आर्थिक शक्ति र पश्चिमा मुलुकहरुले आफ्नो नियन्त्रणमा राखेको कारण समान वितरण नभएको विज्ञहरुको भनाई छ ।