‘प्रधानमन्त्रीज्यू, सम्पूर्ण शक्ति महामारीसँग जुध्न लगाउनुहोस्’ : थापा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसको महामारीसँग जुध्न सम्पूर्ण शक्ति लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् एक भिडियोसहितको सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, फेरि एकपटक मौका पाउनुभएको छ । अब केही दिन तपाईँ अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, ऊर्जा, संयन्त्र सबै महामारीसँग जुध्न लगाउनुहोस्,’ उनले लेखेका छन्, ‘हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईँको साथमा उभिनेछौँ ।’