फाइबरयुक्त खानाले तनाव कम गर्छ ?

प्रकाशित मिति:

तनाव कम गर्न छ भने धेरै भन्दा धेरै फाइबरयुक्त खानेकुरा जस्तै दाल, साबुत अनाज, ओट्स, फलफूल, ड्राइफ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीहरुको सेवन गर्नुपर्छ । यो कुरा एक अध्ययनबाट पत्ता लागेको हो । शोधकर्ताहरुका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम हुन्छ । तनावको कारणले पेटमा कैयौं प्रमुख परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर पार्छ । अध्ययनको परिणाम अनुसार गट ब्याक्टेरियाले पैदा गर्ने शर्ट चेन फ्याटी एसिड एससीएफए पेटका कोषहरुको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ ।

शोधकर्ताहरुले परिक्षणको लागि मुसामा यो अध्ययन गरेका थिए । यो अध्ययन गर्दा मुसामा तनावको प्रतिकुल प्रभावलाई कम गर्नको लागि फाइबरबाट समृद्ध खाद्य पदार्थ खुवाइएको थियो ।अध्ययन अनुसार आन्द्राको ब्याक्टेरिया, शरीर विज्ञान र व्यवहारको विनिमयनमा रसायनको भूमिका बढ्दै जान्छ । यो अध्ययन ‘द जर्नल अफ फिजियोलोजी’मा प्रकाशित भएको छ ।अध्ययन गरिएका मुसा तनाव र डिप्रेशनको लक्षणबाट जुधिरहेका थिए र यसको असर उनीहरुको व्यवहार दिमाग र सामाजिक सम्बन्धमा पनि परिरहेको थियो ।परिणाममा अगाडि फाइबरयुक्त खाना खाएपछि मुसामा एससीएफएको बढ्दो स्तरको कारण मुसामा तनाव र बेचैनीको स्तर कम भएको थियो ।

शोधकर्ताहरुको भनाई अनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट र पुरै शरीर बीच बाधा उत्पन्न गराउँछ । एससीएफएको माध्यमले यसको उपचार गर्नु राम्रो हुन्छ ।यो अध्ययनबाट गट ब्याक्टेरियाको कारण दिमाग र व्यवहारमा पर्ने सकरात्मक प्रभावलाई लिएर एक नयाँ तथ्य अगाडि आएको छ ।अध्ययन अनुसार खानपानमा पर्याप्तमात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ ।