नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको अपील

प्रकाशित मिति:

काठमाडौँ– न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड–१९ संक्रमणबाट नराम्ररी प्रभावित हुँदै गएको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेकी छन् । उनले ट्वीटरमार्फत कोभिड-१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी हुन् । न्युजिल्यान्डकी ३७ औँ प्रधानमन्त्री क्लार्कले ट्वीट गर्दै नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम विकसित देश हो’, क्लार्कले लेखेकी छिन, ‘नेपाललाई खोप आपूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता छ ।सन् १९९९ देखि २००८ सम्म लिबरल पार्टीको तर्फबाट न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्लार्क संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको उच्च पदमा समेत पुगेकी थिइन् । उनी सन २००९ देखि २०१७ सम्म यूएनडीपीको प्रशासक भएकी थिइन् ।