महन्थ ठाकुर भन्छन्– केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकिएको छैन

प्रकाशित मिति:

जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर–महतो पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएको हो ।

उनले सञ्चारमाध्यमबाट बैठकबारे थाहा पाएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । ठाकुरले प्रेस विज्ञप्ति जारी गरी भनेका छन् ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट पारिन्छ ।’