राप्रपाको भोट बादललाई

प्रकाशित मिति:

काठमाडौँ – राप्रपाले राष्ट्रियसभा उपचुनावमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् ।अध्ष्क्ष कमल थापाले शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।

राप्रपाका एक नेताका अनुसार यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको हो । ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ’, ती नेताले भने ।

वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा। खिमलाल देवकोटा पनि उम्मेदवार छन् ।