एनएसएल फाइनल : पहिलो हाफमा धनगढीविरुद्ध काठमाडौंलाई अग्रता

प्रकाशित मिति:

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०को उपाधिका लागि अहिले काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा भइरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दुई टोलीबीचको खेलमा पहिलो हाफ सकिँदा काठमाडौंले धनगढीविरुद्ध १–० को अग्रता बनाएको छ ।

खेलको २१औँ मिनेटमा काठमाडौंका लागि मोसोउके ओलोओमुले गोल गर्दै टोली अग्रता दिलाए । विशाल श्रेष्ठको क्रस पासमा उनले गोल गरेका हुन् । खेलको २९औँ मिनेटमा ओलोओमोउले डी बक्सनजिकबाट हानेको फ्रिकिक बल आउट भएको थियो ।

धनगढीका लागि खेलको ३४औँ मिनेटमा डिफेन्डर फ्यान्किल टालाले कर्नरबाट आएको बल डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन । खेलको इन्ज्युरी समयमा काठमाडौंका इस्टिफिन बिनोगनले वान टु वान लिएको बललाई ६ याडनजिकबाट हाने पनि गोल गर्न सकेनन् ।