चीनबाट एभरेस्ट ग्यासले ४४ सय ५० थान अक्सिजन सिलिन्डर ल्याउने

प्रकाशित मिति:

एभरेस्ट ग्यास ग्रुपले चीनबाट ४४ सय ५० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।हाल कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै अक्सिन ग्यासको अभावमा ज्यान गुमाउने संक्रमित बिरामीको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै एभरेस्ट ग्यासले ४४ सय ५० थान अक्सिजन सिलिन्डर सोमबारसम्म ल्याउने भएको हो ।

एभरेस्ट ग्यास ग्रुप अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट नागरिकको जीवन रक्षाका लागि आवश्यक सामग्री सोमबारसम्म काठमाडौं आइपुग्ने बताए ।अध्यक्ष घिमिरेले ४४ सय ५० थान अक्सिजन सिलिन्डरमा ४० लिटरको २२ सय ५० युनिट, १० लि २२ सय युनिट, सिलिन्डर अक्सिजन व्याक ५ हजार थान, अक्सिमिटर २ हजार पिस, अक्सिजन मास्क ५ हजार पिस ल्याइने छ ।

यसैगरी, सोमबार हवाई मार्गबाट अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिमिटर काठमाडौं आइपुग्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले बताए । सिलिन्डरले र अक्सिजन अभावमा ज्यान गुमाउन बाध्य कोरोना संक्रमित बिरामीलाई केही राहत हुने सो कम्पनीको अपेक्षा छ ।