कञ्चन गाउपालिकामा अक्सिजनको अभाव हुन निदिने,निशुल्क एन्टिजिन परिक्षण हुने

प्रकाशित मिति:

१ जेठ,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा अक्सिजनको अभाव हुन नदिन गाउपालिकाले यथासक्य पहल गर्ने भएको छ ।गाउपालिकामा संचालित बिभिन्न उधोग तथा व्यबसायिक प्रतिस्थानहरुसंग भएका अक्सिजनका सिलिण्डरहरु गाउपालिकाको स्वास्थ्य शाखा तथा स्वास्थ्यचौकीमा बुझाइदिन आग्रह गर्दै गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउपालिकामा उपलब्ध अक्सिजन सिलिण्डरहरु मार्फत अक्सिजनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नयाँ भेरियन्ट सहित महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट उत्पन्न जोखिमलाई न्युनिकरण गर्न कञ्चन गाउपालिकामा सकृय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा गाउपालिकाको रणनीति बताउने क्रममा अध्यक्ष क्षेत्रीले सो कुरा बताउनु भएको हो । सुनगाभा सामुदायिक बिकास केन्द्रको सहजिकरणमा भएको छलफल कार्यक्रममा अध्यक्ष क्षेत्रीले कञ्चन गाउपालिकामा एन्टिजिन परिक्षण गर्न गाउपालिकाले ५ सय एन्टिजिन किट खरिद गर्ने पक्रिया अगाडी भइरहेको र एक दुई दिन भित्र सबै किट आउने समेत बताउनु भएको छ। गाउपालिकाको अस्थाई आसोलेसनमा अक्सिजनको अभाव हुन नदिन कार्यपालिका सदस्य गोपाल बि।क।ले अक्सिजन रिफिल गर्न लागि परिरहनु भएको बताउदै अध्यक्ष क्षेत्रीले कोभिड संक्रमितहरुको मनोवल बृद्धि गर्न स्थानिय संचार माध्यमहरुबाट सचेतनामुलक सन्देश प्रसारण र प्रकाशन गर्दै आइरहेको र स्थानिय संघ संस्थाहरुबाट पनि सकारात्मक सन्देश प्रसारण तथा प्रकाशन गरी कोभिड १९ बाट संक्रमितहरुको मनोवल उच्च बनाउन सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

यस्तै कञ्चनमा कोरोना संक्रमणलाई कम गर्न गाउपालिका भित्र भइरहेका सम्पुर्ण निर्माण कार्यहरु कम्तिमा १५ दिन बन्द गर्न लगाउन संघसंस्थाका प्रतिनिधीहरुले गाउपालिकाका अध्यक्षलाई आग्रह गर्दै छलफलमा सहभागी प्रतिनीधिहरुले गाउपालिकाका संचालित बिभिन्न उधोग तथा व्यबसायिक प्रतिस्थानहरुमा राखिएका अक्सिजनका खाली तथा भरी सिलिण्डरहरुको संकलन तथा गाउपालिकामा संकलन गर्न लगाउन गाउपालिकाले सार्बजनिक अपिल गर्नु पर्नेमा जोड दिएका थिए ।गाउपालिकामा कोरोना संक्रमणको जोखिमले भयाबह अवस्था बनाइरहेको अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गर्न गाउपालिकाले अगाडी सारेको रणनीतिलाई सफल बनाउन र एन्टिजिन परिक्षणको दायरालाई फराकिलो बनाई कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको घरपरिवार र आफन्तहरुको कन्ट्याक्ट ट्रेसिंगको आधारमा एन्टिजिन परिक्षण गर्न गराउन आवस्यक किट खरिद गर्न,अक्सिजन सिलिण्डर संकलन गर्न र कोभिड १९ संक्रमितहरुको मनोवल उच्च बनाई मृत्यु हुनबाट बचाउन आवस्यक समन्वयका लागि गाउपालिका स्तरिय समन्वय समिति गठन गरिएको छ।

कञ्चन जेसिजका अध्यक्ष राधिका चौधरीको संयोजकत्वमा लायन्स क्लव अफ कञ्चनका शसीधर सापकोटा,सुनगाभा सामुदायिक बिकास केन्द्रका किरन के।सी।जनआस्था पृथ्वी क्लवका उदय आले, गौतम बुद्ध सामुदायिक बिकास केन्द्रका तेजिन्द्र पुन,एकता युवा क्लवका कुमार थापा र सामुदायिक रेडियो कञ्चनका गोबिन्द आचार्य सदस्य रहेका छन।
छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तथा सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दीनानाथ आचार्यले कोभिड १९को संक्रमणबाट गाउपालिकामा फैलिरहेको जोखिमलाई कम गर्न कञ्चनवासीहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन गाउपालिकासंगको सहकार्य तथा समन्व गरी अगाडी बन्न आवस्यक भएको बताउनु भयो । यस्तै छलफल कार्यक्रमको अधयक्षता गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के।सी।ले कोरोना भाइरसले बनाएको बिषम परिस्थितीलाई प्रभावहिन बनाउन गाउपालिकासंग समन्वय र सहकार्य गरी एन्टिजिन किट,स्वास्थ्य सुरक्षा सामाग्री लगायत व्यबस्थापन गर्न आवस्यक सहयोग गर्न सदैब अग्रपंक्तीमा रहेर कार्य गर्न प्रतिबद्ध रहेको समेत बताउनु भयो ।