नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलद्धारा संक्रमितको उपचार र कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग

प्रकाशित मिति:

बुटवल, जेठ १- नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले कोभिड १९ का बिरामीको उपचार तथा कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न प्रदेश सरकारसंग माग गरेको छ । संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले संक्रमितहरुलाइ अत्यावश्यक अक्सिजन,भेन्टिलेटर,आइसीयु बेड सहित स्वास्थ्य पुर्वाधार र आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न प्रदेश सरकारकसंग माग गरेका हुन ।

नेता कनौडीयाले शनिबार १६ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाउँदै महामारी नियन्त्रणकालागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन । बाँके,रुपन्देही,बर्दिया, दाङ र कपिलबस्तुमा आवश्यक स्वास्थ्य सामाग्री,चिकित्सक,नर्स,स्वास्थ्य सेवक सहितको विशेष टोली परिचाल गर्न माग गरेका छन । सिमा नाकामा अनिवार्य पिसीआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरुमा राख्ने व्यवस्था गर्न माग गरीएको छ ।सरकारको लाचारीपन,लापरबाही र गैरजिम्मेवार गतिविधिले कोरोना नियन्त्रण र रोकथाम काबु बाहिर गएको नेता कनौडीयाले बताए । कनौडीयाद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा बेड र अक्सिजन नपाएर प्रदेशका जनताले ज्यान गुमाइ रहदा प्रदेश सरकार आफनै धुनमा मस्त भएको, सरकारी काम कारबाही चुस्त दुरुस्त नभएको, समयमै स्वास्थ्य पुर्वाधार, उपकरण,जनशक्ति र अक्सिजन व्यवस्थापनमा चासो नदेखाएको भन्दै प्रदेश सरकारको भ्रत्सना गरीएको छ ।
काँग्रेस संसदिय दलले कोरोना संक्रमितको उपचार, सेवा प्रवाह तथा नियन्त्रणकालागि सर्वपक्षिय संसदिय टोली गठनको माग पनि गरेको छ । प्रदेश सभाका सांसदहरुको नेतृत्वमा अति आवश्यक सेवा,संक्रमित एवं अस्पतालहरुको अनुगमन र प्रदेश सरकारसंग सहजीकरण गर्न सर्वपक्षीय संसदीय टोली गठनको माग गरीएको हो । त्यस्तै महामारी नियन्त्रण, न्युनीकरण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी तथा स्थानीय जनप्रतिनिधिप्रति सम्मान पनि व्यक्त गरीएको छ । लुम्बिनी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको ंसंख्या दिनहुँ बढीरहेको छ । यो प्रदेशमा हाल सम्म कोरोना संक्रमणबाट १०३५ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४३० छ ।

संक्रमणको दर बढीरहदा स्वास्थ्य पुर्वाधार, जनशक्ति र उपकरणको अभावमा संक्रमितले समयमै उपचार पाउन सकिरहेका छैनन । जसका कारण पछिल्लो समय अस्पतालहरुमा अक्सिजन र बेड नपाएरै संक्रमितको मृत्यु हुने गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार पछिल्लो ९ दिनमा मात्रै यो प्रदेशमा ३७५ जना संक्रमितको मृत्यु भइसकेको छ । ९ दिनमा ४ हजार ४ सय ३० जना नयाँ संक्रमित थपिएका छन । बाग्मती पछि सबैभन्दा बढी संक्रमित लुम्बिनी प्रदेशमा छन ।