एयरलिफ्ट गरेर सेनाले अक्सिजन झार्दै

प्रकाशित मिति:

बुटवल- रुपन्देहीमा देखिएको अक्सिजन अभावलाई कम गर्न शनिबार पनि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर झारिएको छ । बिराटनगर, सिमरा र चितवनका अस्किसजन प्लान्टहरुबाट रुपन्देहीका लागि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याइएको हो ।

बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाका लागि एयर लिफ्टमार्फत् १२० वटा भरी अक्सिजन सिलिण्डर लयाइदै छ । जसमा ६० थान आइसकेको छ भने बाँकी ६० थान साँझसम्ममा आइपुग्‍ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । थप १०४ थान भरी सिलिण्डर सडक यातायात हुँदै आइबार बिहानसम्म बुटवल आइपुग्ने तामाङले बताए ।

जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुको मृत्युदर बढ्न थालेपछि सरकारमाथि दबाब परेको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले लगातार केन्द्रिय सीसीएमसी, रुपन्देहीबाटै निर्वाचित अर्थमन्त्री पौडेल लगायतलाई आग्रह गरेपछि सो परिमाणको अक्सिजन ल्याउन सकिएको प्रजिअ तामाङले बताए ।