कञ्चनमा खाध्यान्न बोकेको ट्रकले प्रहरी हवलदारलाई ठक्कर दिएको अनुसन्धानबाट प्रमाणित

प्रकाशित मिति:

कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा पहिचान नखुलेको गाडीले प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई फरार भएका भनिएका गाडीको पहिचान खुलेको छ।ट्राफिक चेकिंगको क्रममा गत बैसाख ३० गते राती इलाका प्रहरी कार्यलय,रुद्रपुरमा कार्यरत प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई घटनास्थलमै मृत्यु गराई फरार भएका भनिएका खाध्यान्न लिई दांग तर्फ जादै गरेको ना ६ ख ३३२९ र ना ६ ख ३३३० नम्वरका दुई ट्रकहरुको पहिचान भएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ ।

बैसाख ३० गते राती २ बजेको समयमा लुम्बिनी फायरलाइन सडक भएर आवत जावत गरेका सवारी तथा माल वाहक साधनहरुको कञ्चनका मुख्य स्थानहरुमा राखिएका सि सि टि भीमा जडान क्यामेराले लिएका फुटेजहरुको सहयतामा गरिएको अनुसन्धानबाट ती फरार भएका गाडीहरुको पहिचान भई प्रहरीको नियन्त्रणमा लिर्इ इलाका प्रहरी कार्यलय,रुद्रपुर र इलाका प्रहरी कार्यलय,सालझण्डीको संयुक्त अनुसन्धान टोलीले घटनास्थलको फोटो हेरेर पुन निर्माण गरी भएको थप अनुसन्धानका आधारमा ती माल वाहक ट्रकहरुको पहिचान खुलेको र्इलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिनु भएको छ ।

घटना गराउने माल वाहक गाडीहरुको कल डिटेल तथा घटना घटेको समयमा लुम्बिनी फायरलाइन सडक खण्ड भएर आवत जावत गरेका सवारी तथा माल वाहक गाडीहरुको इन्ट्री र सो सडक खण्डमा जडान गरिएका सि सि टिभीमा देखिएको फुटेजहरुको आधारमा बैसाख ३१ गते शुक्रवार दांग जिल्लाबाट दुई वटा ट्रक र एउटा ट्रकलाई सल्यानको कपुरकोटबाट नियन्त्रणमा लिइ हाई प्रोफाइल तथा गम्भिर पकृतिका अपराधहरुमा मात्र गरिने घटनास्थलको पुन निर्माणको आधारमा गरिएको अनुसन्धानबाट ती दुई ट्रकहरुको पहिचान भई ट्रक र ट्रक चालकहरुलाई कार्वाहीका लागि मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यलय,बुटवलले जनाएको छ।

उक्त ती दुई ट्रकहरुले बैसाख ३० गते राती अन्दाजी २ बजेको समयमा ट्राफिक चेकिंगको क्रममा इलाका प्रहरी कार्यलय,रुद्रपुरमा कार्यरत प्रहरी हवलदार कर्ण बहादुर बुढा मगरलाई ठक्कर दिई फरार भएका थिए । फरार भएका ना ६ ख ३३२९ नम्वरका ट्रक चालक जिल्ला सल्यान,बागचौर नगरपालिका वडा नं। १० बस्ने बर्ष ३५ का गोबिन्द सुनार र ना ६ ख ३३३० नम्वरका ट्रक चालक जिल्ला दांग,तुलसीपुर उप महानगरपालिका वडा नं। १२ बस्ने बर्ष ३२ का बिष्णु सुनार रहेको इलाका प्रहरी कार्यलय,बुटवलले जनाएको छ।