लायन्स फुलबारीद्वारा स्थापनामा स्वास्थ्य शिविर

प्रकाशित मिति:

झविन्द्र देवकोटा

बुटवल, १० मंसिर । लायन्स क्लव अफ बुटवल फुलवारीले आफ्नो १३ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ । सन् २००६ मा बुटवलमा स्थापना भएको क्लवले बुटवल र यस आसपास रक्त परिक्षण, निशुल्क दन्त परिक्षण, आँखा परिक्षण (स्वास्थ्य शिविर) तथा साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेर आफ्नो १३ औं स्थापना दिवस मनाएको हो । क्लवले सोमबार सैनामैना बनकट्टामा रहेको दुर्गाभवानी माविमा निःशुल्क विद्यार्थीको दन्त परिक्षण तथा आखाँ परिक्षण गरेको छ । क्लवले लायन्स आखाँ अस्पताल बुटवलको प्राविधिक सहयोगमा ४ सय ७५ जना विद्यार्थीहरुको आखाँ परिक्षण गरेको छ भने ग्राण्डी डेण्टल बुटवलको प्राविधिक सहयोगमा ४ सय ३० जनाको दाँत परिक्षण गरेको हो । बुटवल आखाँ अस्पतालका डाक्टर मदन बास्तोलासहितको ६ जनाको टिम र ग्राण्डी डेण्टलका डाक्टर शुक्रराज श्रेष्ठ सहितको चार जनाको टोलिले विद्यार्थीको दाँत र आखाँको परिक्षण गरेको हो । लायन्स क्लव अफ बुटवल फुलबारीका अध्यक्ष राजेन्द्र श्रेष्ठ र लायन्स क्लव अफ बुटवल लालिगुराँसका अध्यक्ष रोशनी श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ बी टुका बरिष्ठ सल्लाहकार सुरेशरत्न बज्राचार्य, डिष्ट्रिक चिफ द्वारिकाप्रसाद श्रेष्ठ, दुर्गाभवानी मावि ब्यवस्थापन समिति अध्यक्ष बालकृष्ण पौडेल, प्रधानाध्यापक तुल्सीराम शर्मा लगायतले सेवामुखि भावनाले गरिने कार्यले अरुको भलो हुने भएकाले विद्यालयमा गरिएको निशुल्क स्वास्थ्य शिविरले विद्यार्थीलाई धेरै सहयोग पुगेको बताउनुभयो । यसैबीच क्लवले यस अघि बुटवलका निशुल्क रक्त परिक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५० बढीले मधुमेह, मैगौला तथा युरिकएसिडको परिक्षण गरेको क्लवले जनाएको छ । क्लवले स्थापना दिवसमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।