बुटवलमा थप तीन जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । वैशाख २६ गते भर्ना भएका नवलपरासीको भुमही ६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान १२ बजेर ४० मिनेटमा, २८ गते भर्ना भएका गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको बिहान ५ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बतँए । त्यस्तै, गएराती नै अस्पताल ल्याईएका तिलोत्तमा ४ का ३६ वर्षीय पुरुषको राती ९ बजेर ५५ मिनेटमा मृत्यु भएको उनले बताए । उनीहरुमध्ये १ को भेन्टिलेटर र २ जनाको आकष्मिक कक्षमा उपचार भइरहेको थियो ।

थप समाचार