एनआरएनए यूकेले सवा करोडको अक्सिजन कन्सन्ट्रेटर मशिन सहयोग गर्ने

प्रकाशित मिति:

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् । नेपाली दूतावास लण्डनको संयोजनमा शनिवार साँझ भर्रचुअल माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो । विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्। पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मशिनको प्रतिबद्धता आएको छ

करिब १ सय भन्दा बढी प्रतिनिधीहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए । उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए । उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टड समेत गर्न सकिने जानकारी दिए । संघका महासचिव डा हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे ।कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ्गले महाभूकम्पको वेलामा वेलायतवासी नेपाली समुदायतले ऐक्यवद्ध भएर देशमा सहयोग गरेको स्मरण गर्दै अहिलेको स्वास्थ्य संकटमा समेत एक भएर सहयोग संकलन गर्न आव्हान गरे ।गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सीनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताए । संघका केन्द्रिय सदस्य रामशरण सिम्खडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेको बताए । उनले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले तत्काल नेपालमा खोप लैजान पहल गर्नु पर्ने साथै तत्काल सहयोगको लागि सकृय हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो ।
। कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।

अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट के हो र कसरी काम गर्छ रु कोरोना संक्रमितलाई किन चाहिरहेको छ धेरै अक्सिजन पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता नेपालमा सयौंको मृत्यु भइसकेको छ । अस्पताल र होम आइसोेलेसनमा अक्सिजन अभावमा बिरामी छट्पटाइरहेका छन् ।अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरुले बिरामी भर्ना लिन मानिरहेका छैनन् । कतिपय अस्पतालहरुले अक्सिजनको अभावमा बिरामीको मृत्यु भए अस्पताल जिम्मेवारी छैन भन्दै बिरामीका आफन्तहरुलाई मञ्‍जुरीनामा गराइरहेका छन् ।कोरोनाको दोस्रो लहर सुरु भएयता अक्सिजन,अक्सिजन प्लान्ट,अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटरको चर्चा बारम्बार भइरहेको छ । यहाँ अक्सिजन,अक्सिजन प्लान्ट,अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर के हो र यिनले कसरी काम गर्छन् भन्ने संक्षिप्तमा चर्चा गरिएको छ ।

अक्सिजन हामीलाई किन आवश्यक छ – प्राण वायुका रुपमा रहेको अक्सिजन जैविक प्राणीलाई नभई नहुने एक महत्वपूर्ण ग्यास हो ।श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका यसैको हुन्छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओकी हेड अफ क्लिनकल केयर डा।ज्यानेट डियाज भन्छिन्,‘शरीरका कोषहरुको सञ्‍चालनका लागि अक्सिजन नभई नहुने चिज हो । शरीरको सामान्य कार्य सञ्चालनका लागि यो महत्वपूर्ण छ ।’ अक्सिजन अभावमा शरीरका कोषिकाहरुले काम गर्न छाड्ने र मर्ने गर्छन् । अर्थात् शरीरका हरेक अंग र भागहरुलाई काम गर्नका लागि अक्सिजन चाहिन्छ । अक्सिजन अभावमा शरीरले काम गर्न छाड्छ ।

कोरोना संक्रमित बिरामीलाई किन अक्सिजन दिइरहनु परेको छ -कोरोनाको दोस्रो लहरका बिरामीहरुलाई अक्सिजनको निकै आवश्यकता देखिएको छ । संक्रमितहरुको रगतमा अक्सिजनको मात्रा धेरैले घट्ने गरेको छ । जसका कारणले बिरामीहरुलाई अक्सिजन चाहिरहेको छ । युथ फर नेपाल एवं योङ डक्टर एसोसिएसन अफ नेपालका अध्यक्ष डा। निकोलस भुसालका अनुसार कोरोना संक्रमण भएपछि भाइरसले फोक्सोमा आक्रमण गर्छ ।फोक्सोको इन्फेक्सन भएपछि कोरोनाले निमोनिया गराउँछ । निमोनिया अर्थात् फोक्सोको इन्फेक्सन भयो भने फोक्सोले जसरी काम गर्नुपर्ने त्यसरी गर्न सक्दैन । त्यसका लागि अक्सिजनको प्रवाह पनि कमी हुन्छ । त्यसैले बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पर्छ । शरीरमा अक्सिजनको मात्रा कम हुन थालेपछि अन्य अंगहरुले पनि काम गर्न छाड्ने डा। डियाज बताउँछिन् ।

हामीलाई कति मात्रामा चाहिन्छ अक्सिजन -बेलायतस्थित युनिभर्सिटी अस्पताल बर्मिघंमको इमरजेन्सी मेडिसिनमा कार्यरत डा।राज झाका अनुसार एउटा स्वास्थ्य मानिसलाई सामान्य अवस्था अक्सिजनको मात्रा न्यूनतम ९४ प्रतिशत हुनुपर्छ । दमका बिरामी तथा अन्य रोगीहरुका लागि ८८ देखि ९२ प्रतिशत हुने उनी बताउँछन् । उनका अनुसार एउटा वयष्क मानिसले हरेक एक मिनेटमा ७ देखि ८ लिटर हावा लिन्छ । लिएको हावामा करिब २१ प्रतिशत मात्रै शुद्ध अक्सिजन हुने उनले बताए । सरदर एक स्वस्थ्य मानिसलाई दैनिक ५ सयभन्दा बढी लिटर शुद्ध अक्सिजन चाहिने उनी बताउँछन् ।

कस्ता बिरामीहरुलाई अक्सिजन चाहिन्छ -डा। झाका अनुसार लक्षण देखिएको र सास फेर्न गाह्रो भएका बिरामीहरुलाई अक्सिजन चाहिन्छ । निमोनिया देखिएका र श्वास फेर्न गाह्रो भएकाहरुलाई अक्सिजन चाहिन्छ । डब्लूएचओको आपत्कालीन निर्देशिकाअनुसार कोरोनाका सबै सिकिस्त र गम्भीर प्रकृतिका बिरामीहरुलाई अक्सिजन थेरापी अनिवार्य भनिएको छ । बच्चालाई न्यूनतम १ देखि २ लिटर प्रति मिनेट र व्यस्कलाई ५ लिटर प्रति मिनेटको दरमा अक्सिजन दिनुपर्ने निर्देशिकामा उल्लेख छ । कस्ता बिरामीलाई कन्सन्ट्रेटर र सिलिन्डरबाट अक्सिजन दिइन्छ – कोरोनाका सबै सिकिस्त बिरामीहरुलाई सिलिन्डरबाट शुद्ध अक्सिजन दिनुपर्ने डा।भुसाल बताउँछन् । जब कुनै बिरामीलाई एक मिनेटमा धेरै मात्रामा अक्सिजनको आवश्यक पर्छ तब सिलिन्डरबाट अक्सिजन दिन थालिन्छ । सामान्य रुपमा श्वास फेर्न केही असहज भएका बिरामीहरुलाई कन्सन्ट्रेटरबाट अक्सिजन दिने गरिएको उनले बताए ।

अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर-अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने इन्जिनियर शिशिर जिसी बताउँछन् । उनका अनुसार यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ । यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ । उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ् । यस्तो अवस्थामा कन्सन्ट्रेटर सामान्य र मध्यम प्रकृतिका बिरामीहरुका लागि मात्र प्रयोग गर्न सकिन्छ । कन्सन्ट्रेटरलाई सजिलैसँग लैजान सकिने भए पनि लिक्विड अक्सिजनको जसरी एउटा निश्चित तापक्रम,भाडा र भण्डारण गर्नुपर्ने झन्झट भने हुँदैन । अक्सिजन सिलिन्डरमा शुद्ध अक्सिजन भण्डारण गरेर राखिएको हुन्छ । यहाँ अक्सिजनलाई कम्प्रेससमेत गरेर राखिएको हुने उनले बताए ।