कोरोना जोखिमबाट जोगिन दायित्वको अपिल

प्रकाशित मिति:

युवाहरुका लागि उद्धमशिल परियोजना दायित्वले कोभिड १९ को जोखिमबाट टाढा रहन अपिल गरेको छ। परियोजनाका लुम्बिनी प्रदेश प्रतिनिधि कमल थापा द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ। विश्व अहिले कोरोना महामारीको संकट बाट गुज्रिरहेको अवस्थामा नेपालमा पनि चरम संकट परेको बेला युवा मार्फत सामाजिक कार्यमा उद्धमशिल बनाउने अभियानमा लागेको दायित्व परियोजनाले यो महामारीलाई चिर्न आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरि सबै मिलि यसको सामना गर्न जुट्नु पर्ने र सबै मानिसहरु यो महामारीमा सजग हुनुपर्ने बताएईएको छ।

दायित्व द्वारा बैशाख २४ गते जारी बिज्ञप्ति 
कोरोना महामारीका कारण विश्वकै जनजिवन चरम जोखिममा छ । यस विषम परिस्थितिमा हाम्रो स्वास्थ्य र सुरक्षा, स्वयं सजग रहनु र सचेत गराउनुमा धेरै हदसम्म निर्भर रहेको छ । यो समयमा मानव स्वास्थ्य भन्दा महत्वपूर्ण केही हुन नसक्ने वास्तविकतालाई मनन्गरी राज्य, सरोकार निकाय र हामी सबै नेपालीहरुमा पनि उच्च दायित्वबोध हुनु आवश्यक छ । यो अप्ठयारो परिस्थितिलाई जितेर अगाडि बढन सामुहिक प्रयास अहिलेको निर्विकल्प आवश्यकता हो । देशमा राजनैतिक अस्थिरता तथा कोभिड १९ को विगतको पींडा र दोस्रो लहरको प्रभावले मानव स्वास्थ्य मात्र नभएर वेरोजगारी र परनिर्भरता सँगै मुलुकको आर्थिक समृद्धि धेरै परको सवाल बन्ने देखिएको छ । त्यसैले राज्य मात्र नभएर सबै सरोकारवालाहरु थप संयम, सक्रिय र दूरदर्शी हुनु जरुरी छ । दायित्व अभियान ग्रामिण उद्यम दु्रतिकरण कार्यक्रमसहित हाल लुम्बिनी प्रदेश ९पालिकाहरु ः तिलोत्तमा, मुसिकोट, गल्कोट र तानसेन० मा सक्रिय छ । जस अन्तर्गत् तिलोत्तमा नगरपालिकाको सम्भावित ४० उद्यमी, गल्कोटको उत्कृष्ट २० महिला उद्यमी, मुसिकोटको उत्कृष्ट २ उद्यमी र तानसेनको उत्कृष्ट उद्यमी घोषणा गर्ने कार्यक्रमहरु योजनामा छन् । तर कोभिड १९ को कारण सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमलाई आत्मसात गरी भर्जुअल ९ख्ष्चतगब ि०कार्यक्रमहरु बाहेक परिस्थिति सामान्य नहुँदासम्मलाई प्रत्यक्ष सहभागितामुलक सबै कार्यक्रमहरु स्थगित गरिएको सम्बन्धित सम्पूर्णमा जानकारी गराउन चाहन्छौं । यसबाट पर्न गएको असुविधाप्रति दायित्व परिवार क्षमाप्रार्थी छ । हामीलाई विश्वास गरी सहकार्य गर्ने सबै पालिकाहरु, सरोकार निकायहरु तथा सरोकारवालाहरुमा हार्दिक धन्यवाद दिन चाहन्छौं । साथैजनस्वास्थ्यप्रति पूर्ण गम्भिर रहँदै मुलुकको दीगो आर्थिक विकासका लागि दायित्व अभियान आफ्नो उद्देश्य र भूमिका प्रति कटिबद्ध रहने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।

कमल थापा
दायित्व, लुम्बिनी प्रदेश
प्रतिनिधि