मेरो भोगाइको परदेश

प्रकाशित मिति:

पुनम गौतम
नेपालमै हुंदा नेताहरुको भाषण सुन्दा लाग्थ्यो कि एकपटक जानैपर्ने रहेछ परदेश । तर कहां कलपनाको जस्तो हुने रहेछ र ? फेरि लाग्थ्यो कि युवा भएर पनि किन बिदेशीनु ? तर कहां समय र परिस्थितिलाई आफ्नो परिधिमा राख्न सकिने रहेछ र  नेताहरुको बोलीको जस्तै स्विजरलयाण्ड घुम्ने रहर ? जाने कहिले थाहा छैन । यि र यस्तै कुरा मानसपटलमा गुम्सिरहन्थ्यो । थोरै रहर, धेरै बाध्यता भनु या समयको खेल, बिदेशीनै पर्यो आखिर । २०७५ सालको संघियता तथा प्रतिनिधि सभा चुनाव सकिएर मतगणना करिव–करिव अन्तिम चरणमा थियो । तर के गर्ने भन्नेले भने जस्तै लक अर्थात् भाग्यले साथ दिएर देशबाट परदेशी बनायो ।  त्रिभुवन अन्र्तराष्ट्र्रिय विमानस्थल देखि टर्की हुँदै आम्स्ट्राड्म अर्थात नेदरल्यान्डसम्मको यात्रा तय भयो । सुन्दा उस्तै लाग्ने तर ठाउँ फरक भए पनि नेताहरुले नेपाललाइ स्विजरल्याण्ड बनाउंछु भन्ने कथनलाइ मनन गर्दै कस्तो न होला भन्ने कौतुहलताका साथमा नेदरल्याण्डमा जहाज ल्याण्ड भयो । पहिलो पटकको बिदेश यात्रा मनमा कैयौं प्रश्न त्यस्मा पनि फिरन्तेलाइ ठांउको अवलोकन गर्नै हतार । एअरपोर्टबाट निस्किएपछि लाग्यो, नेताको बोली र बन्दुकको गोलीको भर हुदैंन भनेर हो रहेछ भन्ने आभाष मात्र गर्न भ्याए । यो यस्तो मेरो त्यस्तो भन्ने मनमा छोयो । थोरैमा नि १० वर्ष लाग्छ परिवर्तन गर्छु भनेर लागे भने पनि जस्तो महसुस पैदा भयो मनमा । यस्तै अनेकौं कुरा मनमा खेलाउदै विदेशीएको पहिलो रात अब के होला, कस्तो होला भन्दै काचै सकियो । बिहानको पहिलो किरणसंगै मिठास निदरीले ठाउँ लिनै नपाई उठी नित्य कर्म सकेर बाटो तताउनै हतार भयो । ब्रेकफास्टमा एउटा पाउ र जुससङै फेरि यात्रा मोडियो पोर्तुगलसम्म । करिब करिब ११ः४५ बजेको प्लेन समाएर लागे लिस्बन शहर ।

समय फरक ठाँउ अनि, मान्छे फरक, संंस्कृति फरक, भेषभुषा फरक जे हेर्यो तै चिज फरक अनि लाग्यो सायद विदेश यहि रहेछ । यति मात्रै नियालेको के थे उत्रने ठाउं आएछ । लगेजलाई साथी बनाएर अल्लि अगाडी बढे्थे अगाडी दाइ र दि को आगमनले परिस्थितिले पारिवारीक मोड लियो । उनीहरु बिग्र प्रतिक्षा पश्चात भेट भएकाले होला बल्ल प्रतीक्षा सकियो भन्दै ब्याग समात्न थाले । पोर्तुगल आएको ७२ घण्टामा लिगल इन्ट्रि गर्नुपर्ने रहेछ । तर म आउंदा क्रिसमस र नयां वर्ष परेकाले सरकारी कार्यालय बन्द भएर ५ दिन पश्चात नेपालमा खानेपानी र विद्युतको लाईनमा बसेर पैसा तिरेको जस्तो गरेर ईन्ट्रि गरियो । त्यस पश्चात फिनान्सको लागि एक जना पोर्चुगिसलाई केहि रकम तिरेर फिनान्स पनि भरे र त्यसको केहि समय पश्चात सोसलको पेपर पनि बनाए । लगत्तै पोर्तुगललाई पेपरको खानी भनेर परिभाषित पनि गरे आफैंले ।
केहि समय यहांको भाषा अनि परिवेशलाई अगांल्नै समय लाग्यो । घर, पसल गर्दै गर्दा आएको केहि समयमै काम गर्ने अवसर मिल्यो र जेनतेन काम पनि गरे । गर्दै गर्दा भिज्र्दै गर्दा कता कता लाग्यो सायद परदेश अर्थात् विदेश भनेको यहि रहेछ । न मिल्छ रहनसहन न त भाषाशैली नै । अनि फेरि लाग्यो मेरो देशका नेताले भनेको जस्तै रेल सायद यहि हो भन्दै मेट्रोको अनुभव अनि पानी जहाज भन्ने सुनेको थे तर चढेको थिईन तर यहि शहरले प्रा गरिदियो त्यो रहर । रहर पुरा हुदैं गर्दा र अनुभव लिदै गर्दा लाग्यो भनेर होइन गरेर देखाउनैं पर्ने रहेछ । जसको लागि साशन भन्दा पनि व्यवस्था मजबुत हुनुपर्छ भन्ने लाग्यो । गर्यो भने अशम्भव केही छैन भन्ने बिश्वास लिदै सुरु भयो पोर्तुगलको लागि नयाँ जिन्दगी । फेरि जिरोबाट सुरु गर्नुपर्ने, यहाँको समय र परिस्थिति बुज्नु पर्ने, यस्तैमा फेरि सुरु भयो जिरो लेभलबाट काम । तर पछी न हटि डटेरै लागे । कहिलेकाही लाग्यो यो जिन्दगी भन्दा धेरै ठिक नेपालको, तर होइन यहाँ आएर थाहा भयो काम, पैसा, अनि समयको महत्व कस्तो रहेछ भनेर अनि लाग्यो जिरो जिन्दगीलाई पालुवा पलाउन दिनुपर्छ भन्ने ।  कामको लागि कति भौतारिए कति ? र बल्लतल्ल ३÷४ महिनामा साथीको अनुसार स्थायी रोजगारी पाए । त्यो पनि पोर्तुगिसकोमा दिनको ८ घण्टा काम २ दिन छुट्टि । सुरु भयो पोर्तुगलको लागि अर्को अध्याय । यसरी नै बिहानै काम दिनभरिको थकान अनि घर आयो पल्टियो निदाएको पत्तै नहुने । अनि कहां घर, साथीभाइ । त्यसमा पनि नेपाल र यहां ५÷६ घण्टाको समयको फरक । फेरि साथीहरु कहि नभएको सानो चित्त दुखाएर हैरान । बिचराहरुलाइ के थाहा यहांको दुख ? बस् ५ मिनेट हामीलाई समय दिन ठुली भै भनीदिए न पुग्यो । यस्तै हो साथीभाइ आफ्नो ठांउमा छदै छन्, बुज्नेले पनि बुजेकै छन्, मिलेसम्म समय पनि दिएकै छु ।

फेरी, नेपालमा बसेर गरेको पत्रकारीतालाई पनि कहां भुल्न सकिने रहेछ र फेरी पत्रकारीता पेशा त्यस्तो पेशा हो जुन पेशा नसा, नसामा रगत जसरी बगीरहने भएकाले पनि होला यहां आएर पनि पत्रकारीता गर्दिन भन्नै सकिन र समयानुकुल मिलाएर भ्याएसम्म पत्रकारीतालाई अगाडी बढएकै छु ।  चितवनलाई ६५ जिल्लाकै रूपमा चिनिए जस्तै पोर्चुगलको राजधानी लिस्बन शहर उस्तै लाग्यो । विभिन्न देशका मानिसहरुको उस्तै भिडभाड । जता नेपाली । कसैको रहर एकअर्कासंग बाधिएर हिड्नु त कसैको बाध्यता सडकमै रात बिताउनु । अनि लाग्यो थोरै रहर त धेरै बाध्यताले मानिसले आफ्नो जिन्दगी गुजारेका रहेछन । भन्नेले भनेका छन युरोप गएर परिवर्तन भै तर कहाँ त्यस्तो हुनु समय र बाध्यताले रहेछ युरोपियन भाको जस्तो हुने त, तर मनले होईन । युरोप साच्चैमा युरोप होईन रहेर जसले युरोपियन भई भन्छ सायद उहि नै युरोपियन भ्रममा छ भन्ने मेरो अनुमान चाहिं गलत हुदैंन ।