एनएमबि बैंकको ऋणपत्र बिक्रि खुला

प्रकाशित मिति:

काठमाडौं – एनएमबि बैंकले आज जेठ २ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले २ अर्ब बराबरको प्रति कित्ता १ हजार अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र बाँकि ८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ ।

ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा जेठ ५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ८ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८।५ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।