सिंहदरबारमा सीसीएमसीको बैठक जारी, प्रधानमन्त्री पनि सहभागी

प्रकाशित मिति:

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो ।  बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप निर्णय लिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार, स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा छलफल गरेका थिए ।