चापाकोटमा सचेतनामूलक कार्यक्रम सुरु

प्रकाशित मिति:

स्याङ्जा चापाकोट नगरपालिका वडा न। ६ ले सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । नगरपालिकामा नयाँ भेरीएन्ट सहितको कोभिड संक्रमण बढ्दै गएसंगै यसको रोकथाम र न्युनिकरणका लागी चापाकोट नगरपालिका वडा न। ६ र साँखर प्रहरी चौकिको समान्वयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

वडा न। ६ का वडा अध्यक्ष एकदेव भट्टराईले नगरपालिकामा संक्रमण बढ्दो रहेकोले वडामा पनि अवस्था जटिल बन्न सक्ने भएकोले समयमै सचेतनामूलक कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका भित्र दिनप्रतिदिन संक्रमण बढ्दो छ, भोली वडाको अवस्था पनि भयावह नहोस भनि म वडाको जनप्रतीनिधी भएको नाताले समयमै वडावासिलाई सचेत गराउन सके संक्रमणको जोखिम कम हुने भएर आज सचेतना कार्यक्रम गर्‍यौँ । वडाको अवस्था जटिल बन्दै गएमा यसलाई निरन्तरता दिने सोच छ ।”

अध्यक्ष भट्टराईका अनुसार कोभिड संक्रमण न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम वडा नं। ६ को मजुवा बाट सुरु भई भट्टराई डाँडा, मोहमि, सामाकोट, गरौँदि, गहते, ताङ्ले, हाडिवन, मानिचौर, जोइटार, सोल्टी हुँदै वडा नं।७ को तल्लो बेल्ट केवलघारि, मिलनचोक, रिमाल्डिही क्षेत्रमा समेत कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वडावासिहरुलाई विश्व महामारिका रुपमा फैलिरहेको कोभिड-१९ संक्रमणबाट बच्न भिडभाड नगरौँ, समय समयमा हात धोऔँ, स्यानिटाइजर लगाऔँ, घरबाहिरा निस्किदा अनिवार्य मास्कको प्रयोग गरौँ, विवाह, ब्रतबन्ध वा अन्य कार्यमा धेरै जना सहभागी नबनौँ, यस्ता कार्यमा सहभागी हुनुपरेमा पुर्णरुपमा स्वास्थ्य मापदण्डका नियमहरु पालना गरौँ, स्याङ्जा जिल्ला सुरक्षा समिती र स्याङ्जा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकको निर्णय हरुको पूर्ण रुपमा पालना गरौँ भन्दै अनुरोध गरिएको थियो ।