सिंहदरबारमा ओली-नेपालबीच ‘वान टु वान’ वार्ता सुरु

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको हो । बैठक १ बजेको लागि तय भएको थियो । तर, प्रधानमन्त्री ओली कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सहभागी भएकोले झण्डै एक घण्टा ढिलो गरी भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए ।

शुक्रबार दुई पक्षका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । आजको बैठकले कार्यदल बनाउने अधिक सम्भावना रहेको बताइएको छ ।पार्टीको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा दुई पक्षबीच सहमति भएको थियो ।