महामारीबीच शिक्षक महासंघले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन

प्रकाशित मिति:

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणको आन्दोलन कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ । आइतबार महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले विज्ञप्ति जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीलाई छिटो कोरोनाविरूद्ध खोप दिन माग गरेका छन् ।

त्यसका लागि शिक्षा मन्त्री र अर्थमन्त्रीलाई म्यासेज पठाएर कोरोनाविरूद्ध खोप लगाउन ध्यानाकर्षण गराउने विज्ञप्तीमा उल्लेख छ । बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलवसमेत वृद्धि गर्न माग गरिएको छ।