कोरोना रोकथाममा सरकारले समयमै पूर्वतयारी नगर्दा भयावह अवस्था आयो : शान्ति समाज

प्रकाशित मिति:

बुटवल । कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा सरकारले कुनैपनि पूर्व तयारी नगर्दा भयावह स्थिती आएको सरोकारवालाले बताएका छन् । अघिल्लो पटकको कारोना नेपालमा एक्कासी आएपनि दोस्रो लहर आउनसक्ने अनुमान गरिएकै बेलापनि सरकार राजनीतिक जोडघटाउमा लाग्दा अहिले बिकराल स्थिती पैदा भएको उनीहरुको भनाई छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आइतबार बुटवलमा गरेको कोरोना महामारी र आपतकालिन ब्यवस्थापन सम्बन्धमा भएको भर्चूअल छलफलमा सहभागिले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका सभापति गोबिन्द खनालले घरघरमा अक्सिजन सिलिण्डर होल्ड गर्नु अपराध भएको बताए । उनले कोभिड १९ का बेला स्थानीय तीनै तहका सरकारहरुले सहि भूमिका खेल्न नसकेको बताउदै  सरकारको उपचारको एउटै प्राटोकल बनाउन नसकेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सचिव मिना ढकालले सुरक्षित भएर सेवा गर्नुपर्ने भन्दै सरकारलाइ दबाब दिनुपर्ने बताईन् । उनले निशेधाज्ञा अवधिभरको घरभाडा छुट गराउन निर्देशन दिन, राहत बितरणलाइ संचालन गर्न स्थानीय सरकारलाइ आग्रह गरिन् ।  समाज रुपन्देहीका पूर्व सभापति महेन्द्र थापाले यो समय समाजले आफ्नो र अप्ठ्यारोमा परेकाहरुको ज्यान जोगाउने अभियान चलाउनुपर्ने बताए । अर्का पूर्व सभापति कृष्ण पराजुलीले स्थानीय प्रदेश र केन्द्रीय सरकारलाइ ठांउठांउमा अक्सिजन प्लान्ट स्थापना गर्न दबाद दिनुपर्ने बताए ।

अर्का पूर्व सभापति हरिष ढकालले सरकारले के गरिरहेको छ भनेर नागरिकले अनुभूति गर्न नपाएको बताए । सरकारले समयमै सहि र प्रभावकारी तयारी नगर्दा कोरोना को दोस्रोभेरियन्टबाट धेरै क्षति भएको बताए । रुपन्देही सभापति डिपि खनालले शान्ति समाजले ,अक्सिजन सिलिण्डर ब्यबस्थापनमा सरकारसंग सहकार्य, निशुल्क परामर्श सेवा, हेल्प डेक्स, रक्तदान सेवा लगायतका अभियान संचालन गर्ने बताए ।

कार्यक्रममा सहसचिव कृष्ण पाण्डे, सदस्यहरु अर्जुन कुवर,जमुना पौडेल ,पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले बोल्दै बिपदका बेला झन् धेरै काम गर्नुपर्ने बताए । कार्यक्रममा सचिव कपिल ज्ञवालीले रुपन्देहीमा कोरोना महामारीको अवस्था र सरकारको गरिरहेको प्रयासका बारेमा जानकारी समेत गराएका थिए । रुपन्देही सभापति डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।