नेपालमा अड्किएका नेपाली अमेरिकनहरुलाई उद्धार गर्ने पहल गर्दैछु : कृष्ण लामिछाने

प्रकाशित मिति:

संसारलाई नै फन्को मार्दै फैलि रहेको कोभिड- १९ को दोश्रो लहरले तपाई मेरो प्यारो मातृभूमी नेपाललाई यतिखेर आक्रान्त पारी रहेको हामी सबैलाई जग जाहेर नै छ। यो माहामारीपुर्ण प्रकोपको बिरुद्ध लड्न हामी आफुहरुले सक्दो प्रयासहरु पनि गरी रहेका छौं। यसै सन्दर्भमा नेपाल जानु भएका नेपाली अमेरिकन आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु नेपाल सरकारले माहामारी नियन्त्रणलाई ध्यानमा राख्दै गरेको लकडाउन र अन्तराष्ट्रीय उडानहरु रद्धको कारण नेपाल मै अड्किएर बस्नु भएको छ।

परदेशको बसाई यहॉंको आफ्नो काम संगै ब्यबसायमा पर्ने असर र लामो समयसम्म अमेरिकामा परिवार छोडेर नेपालमा बस्नु पर्दाको पिडा कति हुन्छ भन्ने हामीले पनि महशुष गर्न सक्दछौ। एकातिर अमेरिकामा रहनु भएको परिवारजनहरु संग मेरो सरसल्लाह चलिरहेको छ, भने अर्कोतिर नेपालमा अड्किनु भएका र यथाशीघ्र अमेरिका फर्कन चाहनु हुने नेपाली अमेरिकनहरुलाई के कसरी जतिसक्दो चॉंडो अमेरिका फर्कने बाताबरण मिलाउन सकिन्छ, सो सम्बन्धको ब्यबस्थापनको लागी म नेपालको काठमाण्डौ स्थित अमेरिकी दुतावास, नेपाल सरकार र अमेरिका मै यहाँको प्रशासनिक अंगहरुसंग निरन्तर सम्बादमा छु। आशा गरौँ यो समस्याको समाधान सहितको निकास चाडै नै निस्कनेछ र माहाब्याधीको कारण सृजित अल्झनमा पर्नु भएको तपाईहरु सबैले सहयोग प्राप्त गर्न सक्नु हुनेछ।
जय एनआरएनए
कृष्ण लामिछाने
अध्यक्षको उम्मेदवार
एन आर एन एन सी सी अमेरिका
(२०२१-२०२३)