प्रधानमन्त्री भन्नुहुन्छ ‘पार्लियामेन्ट जीवित छ’

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट नियमानुसार संसदबाटै घोषणा हुने संकेत गर्नुभएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले संसद जीवित रहेको र आगामी आर्थिक वर्षको बजेट नियमानुसार संसदबाटै घोषणा गर्ने बताउनुभएको हो ।

बजेट अध्यादेशबाट आउँछ कि भन्ने जिज्ञासामा प्रधानमन्त्रीले ‘पार्लियामेन्ट जीवित छ’ भनेर संक्षिप्त प्रतिक्रिया दिनुभएको हो